Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

अर्थसंसार

मंगलबार, २३ भदौ २०७७, १५ : ३९ मा प्रकाशित

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

अर्थ संसार, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण भएको छ । उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै आफू कोरोनाबाट संक्रमित भएको जानकारी दिएका छन् ।

मंगलबार आएको स्वाब परीक्षण रिपोर्टमा उनमा कोरोना संक्रमण देखिएको हो ।

उनले लेखेका छन्, "आज गरिएकाे परीक्षणका क्रममा म मा काेराेना संक्रमण पुष्टि भएकाे छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन ।"

उनी चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसन बसेका छन् । उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सजगता अपनाउन अनुरोध समेत गरेका छन् ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको