Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया क्वीज’ योजना सार्वजनिक, कसरी सहभागी हुने ?

अर्थसंसार

बुधबार, २४ भदौ २०७७, १४ : ५८ मा प्रकाशित

एनआईसी एशिया बैंकको  ‘एनआईसी एशिया क्वीज’ योजना सार्वजनिक, कसरी सहभागी हुने ?

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंकले आकर्षक पुरस्कारले भरिपूर्ण 'एनआईसी एशिया क्वीज' योजना सार्वजनिक गरेको छ । यस योजनामा बैंकका ग्राहकसहित अन्य व्यक्तिहरु पनि सहभागी हुन सक्नेछन् । बैंकको 'भाइवर कम्युनिटी' मार्फत सोधिने प्रश्नको सही जवाफ दिएर यस योजनामा सहभागी हुन सकिने बैंकले जनाएको छ । 

यसरी सोधिने प्रश्नमा चार वटा विकल्पहरू दिइनेछ । सहभागीले आफ्नो सामान्य जानकारीसहित विकल्पमध्ये आफूलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ । बैंकका अनुसार कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरूले पुरस्कार जित्न सक्नेछन् । जति धेरै सही जवाफ दियो त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ । 

भाद्र २५ देखि आश्विन १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरूले दिनुपर्नेछ । बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ । बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनोट गरिने बैंकले जनाएको छ  ।

यस योजनामा सहभागी भई सही जवाफ दिने एक जनालाई रिचार्जरको तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिनेछ । त्यसैगरी पालसोनिकको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन,  ब्रदरहुड इन्टरप्राइजेजको तर्फबाट भ्याकुम क्लिनर, इले,क्याट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र यशोदाको तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिनेछ । साथै सबै प्रश्नहरूको सही जवाफ दिने ५ जना भाग्यशालीलाई एलजीको तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई ५०० रुपैयाँ बराबरको मोबाईल रिचार्ज सुविधा समेत प्रदान गरिने बैंकले जनाएको छ ।

'क्वीज' योजनामा कसरी सहभागी हुने ?

भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले Viber App खोली सर्च बक्समा गई बैंकको नाम खोज्नुपर्ने हुन्छ । जसमार्फत बैंकको NIC ASIA Quiz योजनामा सहभागीता जनाउन सकिनेछ । 

एनआईसी एशिया बैंकको देशभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम र  १०२ वटा एक्स्टेन्सन काउण्टर रहेको छ । यस्तै बैंकले ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।  

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको