Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, कति पुगे मृतक ?

अर्थसंसार

बुधबार, २४ भदौ २०७७, १५ : ०१ मा प्रकाशित

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, कति पुगे मृतक  ?

अर्थ संसार, काठमाडौं - नेपालमा आज (बुधबार) कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । जसमध्ये ३ महिला र ३ जना पुरुष छन् । मृतक महिलाहरुमा काठमाडौंकी ८३ वर्षीया, कास्कीकी ७३ वर्षीया र बाँकेकी ८० वर्षीया छन् ।

त्यस्तै पुरुषहरुमा काठमाडौंका ६७ वर्षीय, अर्घाखाँचीको ४२ वर्षीय र नवलपरासीका ६४ वर्षीय रहेका छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१ संक्रमित थपिँदा ९१८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । हालसम्म कुल संक्रमितको संख्या ४९ हजार २१९ पुग्दा ३३ हजार ८८२ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

११ हजार १६७ जनाको स्वाव परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा ७ लाख ९९ हजार ३४१ जनाको पिसिआर विधिबाट परिक्षण भएको छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको