Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय, जोरबिजोर प्रणाली लागू

अर्थसंसार

बुधबार, २४ भदौ २०७७, १७ : ३६ मा प्रकाशित

उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय, जोरबिजोर प्रणाली लागू

अर्थ संसार, काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाइएको छ । ३ सातादेखि जारी निषेधाज्ञालाई थप खुकुलो बनाइएको हो । उपत्यकामा बिहीबार (भोलि)देखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू हुने भएको छ । 

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गर्दै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायात र  सबै किसिमका निजी सवारीका साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो ।
यसैगरी उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका बिहान ११ बजेसम्म र साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको छ । 

मंगलबार उपत्यकाको कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर  (डिसिसीएमसी) को बैठकमा निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल भएको थियो । सरोकारवालाले निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएका थिए । 

यस्तै बैठकले भेला जम्मा भएर मेला महोत्सव मनाउन र भोज, भतेर गर्न निषेध गरेको छ ।  ब्यूटी पार्लर र कपाल काट्ने व्यवसाय पनि खोल्न पाइने छैन ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको