Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य निरन्तर उकालो यात्रामा, आज कति पुग्यो ?

अर्थसंसार

विहीबार, २५ भदौ २०७७, ०९ : ५९ मा प्रकाशित

सुनको मूल्य निरन्तर उकालो यात्रामा, आज कति पुग्यो ?

अर्थ संसार, काठमाडौं- नेपाली बजारमा आज (बिहिबार) पनि सुनको मूल्य बढेको छ ।
 बुधबारबार प्रतितोला ९६ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार प्रतितोला ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ३ सय निर्धारण गरिएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३ सय २५ रूपैयाँ कायम रहेको छ । 

यसअघि मंगलबार प्रतितोला छापावाला सुन ९५ हजार ८ रुपैयाँमा कारोबार भएको थियो, भने बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार भने सुनको मूल्य स्थिर रहेको थियो । आइतबार ९६ हजार १ रुपैयाँमा कोरोबार भएको छापावाला सुन सोमबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको