Like us!
Follow us!
Connect us!
Watch us!

सम्वृद्धि फाइनान्स र डक्टर्स अल कल बीच सम्झौता, उपचारमा ग्राहकलाई छुटैछुट !

अर्थसंसार

विहीबार, २५ भदौ २०७७, ११ : ०८ मा प्रकाशित

सम्वृद्धि फाइनान्स र डक्टर्स अल कल बीच सम्झौता, उपचारमा ग्राहकलाई  छुटैछुट !

अर्थ संसार, काठमाडौं - सम्वृद्धि फाइनान्स लिमिटेड र डक्टर्स अल कल प्रा.लि.बीच सम्झौता भएको छ ।

फाइनान्सका ग्राहकहरुले डाक्टर अन कलमार्फत विशेष छुटसहित घरमै उपचार गराउन सक्ने गरी सम्झौता गरिएको छ  । जसअनुसार फिजियोथेरापीमा फाइनान्सका कर्मचारी तथा संस्थापकहरूले ३० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले २० प्रतिशत छुट प्राप्त गर्नेछन् । 

यस्तै नर्सिङ्ग केयरमा कर्मचारी तथा संस्थापकहरूले २० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।  ल्याबराेटरी टेष्टमा कर्मचारी तथा संस्थापकहरूले २० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले १५ प्रतिशत छुट पाउँनेछन् ।

डाइटिसियन सेवामा कर्मचारी तथा संस्थापकहरूले ३० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले २० प्रतिशत छुट भने ड्रेसिङ्ग तथा इन्जेक्सन सेवामा कर्मचारी तथा संस्थापकहरूले १५ प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।


 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको