Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकले बोलायो एजिएम, प्रस्तावित एजेण्डा यस्ता छन्

अर्थसंसार

शुक्रबार, २६ भदौ २०७७, ११ : १६ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकले बोलायो एजिएम, प्रस्तावित एजेण्डा यस्ता छन्

अर्थ संसार, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । भदौ २५ गते बिहिबार बसेको बैंकको सञ्चालक बैठकले गरेको निर्णय अनुसार साधारण सभा २०७७ साल असोज १६ गते शुक्रबार स्टार व्याङक्वेट रत्ननगर, चितवनमा हुने भएको छ । सभा दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ ।

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यसैगरी बैंककाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित  गरिनुका साथै आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

यसैगरी, सभामा बैंकले हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा प्रयोजनको लागि असोज ८ गतेदेखि १६ गतेसम्म कम्पनीको शेयरधनी दर्ता किताब बन्द (क्लोजबुक) गरिने बैंकले जनाएको छ ।

असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा कारोबार भइ प्रचलित कानुन बमोजिम बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई  क्यापिटल लिमिटेडमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरुमात्र साधारण सभामा भाग लिन योग्य रहनेछन् ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको