Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सले संस्थापक शेयर बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?

अर्थसंसार

शुक्रबार, २६ भदौ २०७७, ०८ : ५६ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सले संस्थापक शेयर बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार, काठमाडौँ - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडकाे संस्थापक समूहकाे शेयर बिक्री गरिने भएकाे छ ।

बैंकले  शुक्रबार एक सूचना जारी गर्दै १ लाख १० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य रु ७ सय २५ रूपैयाँमा बिक्री गरिने जानकारी दिएको छ  ।

शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले असोज २ गतेदेखि कार्तिक ६ गतेसम्म बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाटमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् । 

संस्थाको प्रकाशित सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न संस्थाले आव्हान गरेको छ । 

शेयर खरिदका लागि बोलकबोल गर्दा न्युनतम १ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन ।तर शेयर खरिद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनि तोकेको अधिकतम संख्या सिमाभन्दा बढी नहुने गरि आवेदन पेश गर्नुपर्नेछ ।

संस्थाले जारी गरेको सूचना हेर्नुहोस्:-

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको