Like us!
Follow us!
Connect us!
Watch us!

आत्मबलले कोरोनालाई जित्न सकिन्छः स्वास्थ्यकर्मी

अर्थसंसार

शुक्रबार, २६ भदौ २०७७, १४ : ४३ मा प्रकाशित

आत्मबलले कोरोनालाई जित्न सकिन्छः स्वास्थ्यकर्मी

अर्थ संसार, चितवन - भरतपुर निवासी डा.प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थालेको एक वर्ष भयो । उनी दन्तरोग विशेषज्ञ हुन् । बिरामीको नियमित उपचारमा खटिने क्रममा उनलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो । 

“कोरोना पोजेटिभ रिपोर्ट आएपछि धेरै नै डराएँ”, उनले भनिन्, “त्यसपछि आत्मबल बलियो बनाएँ । स्वास्थ्यकर्मी भएकाले निको भएर सेवामा फर्किनु छ भन्ने अठोट बुने”, उनलाई कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिएको थिएन । एक्काइस दिनको अस्पतालको बसाइँपछि उनी कोरोनामुक्त भइन् । अस्पतालबाट घर फर्किदा उनलाई लिन बुबाआमा अस्पताल परिसर पुगेका थिए । “दैनिकजसो मेडिटेसन गर्थे, बेसारसहितको तातो पानी पिउथेँ”,उनले भनिन्, “खानासँगै फलफूल पनि प्रशस्त खानुपर्छ, आत्मबल बलियो बनाउँदा सजिलै कोरोनालाई जित्न सकिन्छ ।”

एक हप्ता घर बसेपछि बिरामीको उपचारमा फर्किने पौडेलको भनाइ थियो । देश र जनताको लागि सेवा गरिरहँदा आफू सङ्क्रमित हुन पुगेको भन्दै उनले कोरोनालाई आत्मबल उच्च राखेमा सजिलै जित्न सकिने बताइन् । जिल्लाका कोरोना सङ्क्रमितमध्ये १५ प्रतिशत स्वास्थ्यकर्मी रहेका छन् । स्वास्थ्यकर्मी नै सङ्क्रमित हुन थालेपछि यहाँ चुनौती थपिएको थियो । कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीलाई यहाँ दुर्व्यवहार प्रयाससमेत भएको थियो । घटनाको चौतर्फी आलोचना भयो । 

डा.पौडेलको बसाइँ होस्टलमा भएकाले उनले नमिठो अनुभव बटुल्न परेन । आइसोलेशनमा बसेका बेला स्वास्थ्यकर्मीलाई अपमान गरेको समाचार सुनेपछि उनलाई एकदमै नराम्रो लाग्यो । कोरोना सङ्क्रमण भएकै बेला उनले सामाजिक सञ्जालमा प्रत्यक्ष आएर यसको विरोधसमेत गरे । 

कोरोना पोजेटिभ भई आइसोलेशनमा बस्नुभएकी पोखरा निवासी डा.श्रेया गौतम पनि दन्तरोग विशेषज्ञ नै हुन् । “बिरामीको उपचारमा खटिएकी थिएँ”,उनले भनिन् ,“मलाई शुरुमा सुख्खा खोकी देखाप¥यो । विस्तारै कोरोनाका लक्षण देखिएपछि स्वाब सङ्कलन गरें । रिपोर्ट पोजेटिभ आउँदा सारै डर लाग्यो ।”

कोरोना लाग्यो भनेर डराउन नहुने उनको भनाइ थियो । यसबाट छुट्कारा पाउन र अरुलाई पनि सङ्क्रमण हुन नदिन भने विषेश सावधानी अपाउनुपर्ने डा गौतम बताउँछिन् । मानव व्यवहार परिवर्तन हुनसके कोरोनालाई परास्त गर्न सकिने उनको तर्क छ ।  साबुनपानीले हात धुने, मास्क लगाउने र स्यानीटाइजरको प्रयोगले धेरैसम्म कोरोना लाग्नबाट बचाउने डा.गौतमले बताइन् ।

कोरोनालाई आत्मबलले सजिलै परास्त गर्न सकिने भएकाले सङ्क्रमितलाई हेलाको दृष्टिले नहेर्न सबैलाई उनले आग्रह गरिन् । घरपरिवार र आफन्तको हौसला र प्रेरणाले आफूले कोरोनालाई सजिलै जितेको गौतमको प्रतिक्रिया थियो । उनी २० दिनको अस्पताल बसाइँपछि कोरोनामुक्त भएका थिए ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको बेला क्यान्सर अस्पताल भरतपुरमा सबैभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भए । क्यान्सरको उपचार गर्न देशभरबाट बिरामी आउने भएकाले यहाँको सङ्क्रमण दर उच्च थियो । क्यान्सर अस्पतालको आकास्मिक वार्डमा कार्यरत नर्स सविता बस्नेत पनि यसबाट अछुतो रहन सकिनन् । उनी अस्पतालले उपलब्ध गराएको क्वाटरमा परिवारसँगै बस्ने गर्थिन् । “तीन वर्षको छोरा र दीर्घरोगी ससुरासँगै हुनुहुन्थ्यो”,उनले भनिन्,“छोरालाई सर्यो कि भन्ने ठूलो डर लाग्यो । अस्पतालको एक वार्डमा आइसोलेनमा बसेँ, १४ दिनपछि फेरि काममा फर्किएँ ।” आत्मबल बलियो बनाएर आफू अहिले पनि कोरोना सङ्क्रमितको अग्रपंक्तिमा बसेर काम गरिहेको उनले बताइन् । रासस 

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको