Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा कति ?

अर्थसंसार

शुक्रबार, २६ भदौ २०७७, १६ : २९ मा प्रकाशित

नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा कति ?

अर्थ संसार, काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६९६ सहित देशभर थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४६३ जना महिला र ९९१ जना पुरुष रहका छन् । आज  योसँगै कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वाथ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७०१ जनाको पिसिआर परिक्षण गरिएकोमा १ हजार ४५४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार २९१ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ६३४ जना रहेका छन्  ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९७२ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३६ हजार ६७२ पुगेको छ । हाल आसियुमा १७० बिरामी रहेका छन् भने २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।

कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३२२ पुगेको छ। 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको