Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकका ग्राहकले अब घरमै बसेर सेवा प्राप्त गर्न सक्ने !

अर्थसंसार

शुक्रबार, २६ भदौ २०७७, १७ : ४४ मा प्रकाशित

कामना सेवा विकास बैंकका  ग्राहकले अब घरमै बसेर  सेवा प्राप्त गर्न सक्ने  !

अर्थ संसार, काठमाडौं - कामना सेवा विकास बैंकका ग्राहकहरुले अब घरमा नै बसेर विभिन्न सेवा उपभोग गर्न पाउने भएका छन् ।  ‘सोसल मिडिया बैंकिङ प्लेटमर्फ’मार्फत घरमै बसी बसी विभिन्न सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार भाइवर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने, केवाईसी अपडेट गर्ने, चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने,  स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौताको विवरण जस्ता जानकारी घरमै बसेर थाहा पाउन सकिन्छ । 

बैंकका अध्यक्ष सुदिप आचार्यले आज शुक्रबार यो नवीनतम् प्रविधिमा आधारित 'कामना सेवा विकास बैंक सोसल मिडिया बैंकिङ प्लेटमर्फ' को शुभारम्भ गरेका हुन् । 

भाइबरको माध्यमबाट यी सुविधाहरु प्राप्त गर्न ग्राहकले बैंकले प्रदान गरेको 'क्यूआर कोड स्क्यान' गर्नुपर्नेछ भने फेसबुकको माध्यमबाट सुविधा प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाऊनु पर्ने हुन्छ ।

कोभिड१९ को महामारीका बीच सोसल मेडिया बैंकिङ सेवा शुरुवात गरी बैंकले आफ्ना ग्राहकहरुलाइ थप सुविधा प्रदान गरी बैंकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु घरमै बसी लिन सकिने व्यवस्था गरेकोले यसबाट ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको