Like us!
Follow us!
Connect us!
Watch us!

भीडभाड हुन नदिन आलोपालो प्रणालीबाट सेवा

अर्थसंसार

शनिबार, २७ भदौ २०७७, ०८ : १८ मा प्रकाशित

भीडभाड हुन नदिन आलोपालो प्रणालीबाट सेवा

अर्थ संसार, काठमाडौं - कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाले सेवाग्राहीलाई आलोपालो पद्धतिबाट सेवा दिने भएको छ । सङ्क्रमणका कारण स्याङ्जा उच्च जोखिममा रहेको अवस्थामा कार्यालयमा सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएकाले पालिका÷पालिकालाई बार तोकेर आइतबारदेखि सेवा दिने तयारी भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले बताए ।
 “जिल्लाका एघार वटा पालिकालाई कार्यालय खुल्ने छ दिनमध्ये पाँच दिन दुई÷दुई वटा पालिका र एक दिन एउटा पालिकाका सेवाग्राहीलाई सेवा दिन्छौँ”, कार्यालय प्रमुख रेग्मीले भने ।

कार्यालयमा विगतदेखि रोकी रहेका फर्म दर्ता, फर्म नवीकरण, नामसारी, ठाउँसारी लगायतका कामकाजका लागि सेवाग्राही जिल्ला भरिबाट आउने गरेकाले निश्चित दिनमा निश्चित पालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्दा सङ्ख्या सीमित हुने र सङ्क्रमणको जोखिम कम हुने विश्वास कार्यालय प्रमुख रेग्मीको छ ।
कार्यालयले स्वास्थ्य, सावधानी र सुरक्षालाई मध्यनजर गर्दै आइतबारदेखि शुक्रबारसम्म सेवा प्रवाह गर्ने तालिका सार्वजनिक गरेको हो । 

आइतबार वालिङ नपा र बिरुवा गापा, सोमबार पुतली बजार नपा र फेदीखोला गापा, मङ्गलबार चापाकोट नपा र हरिनास गापा, बुधबार गल्याङ नपा र कालीगण्डकी गापा, बिहीबार भीरकोट नपा र अर्जुनचौपारी गापा, शुक्रबार आँधीखोला गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने कार्यालय प्रमुख रेग्मीले बताए । रासस 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको