Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तको हकप्रद शेयर भर्न २ दिन मात्र बाँकी !

अर्थसंसार

आइतबार, २८ भदौ २०७७, ०७ : ४१ मा प्रकाशित

सिभिल लघुवित्तको हकप्रद शेयर भर्न २ दिन मात्र बाँकी !

अर्थ संसार, काठमाडौँ - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना लगानीकर्तालाई साउन २५ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे शतप्रतिशत  हकप्रद शेयर भर्न २ दिन मात्र बाँकी छ । 

हकप्रद शेयर खरिदका लागि भदौ २९ गतेसम्म मात्र दरखास्त बुझाउन सकिनेछ । लघुवित्तले एक सूचना जारी गर्दै दरखास्त बुझाउन बाँकी रहेका शेयरधनिहरुलाई हकप्रद शेयर खरिदका दरखास्त दिन अनुरोध गरेको छ । 
लघुवित्तले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको (१:१) अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरकाे ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर कित्ता हकप्रद शेयर निष्कासन गरेकाे हाे ।

लघुवित्तले  हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि असार १५ गते, साेमबार एक दिनकाे लागि शेयरधनी बुक क्लोज गरेकाे थियाे । जसकारण असार १४ गते आइतबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । 
कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ ।
 

संस्थाले जारी गरेको सूचना यस्तो छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको