Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकका ऋणीहरुलाई अत्यन्तै जरुरी सूचना !

अर्थसंसार

आइतबार, २८ भदौ २०७७, १२ : २८ मा प्रकाशित

कृषि विकास बैंकका ऋणीहरुलाई अत्यन्तै जरुरी सूचना !

अर्थ संसार, काठमाडौँ - कृषि विकास बैंक लिमिटेडले ऋणीहरुलाई कर्जा तिर्न आग्रह गरेको छ ।

बैंककाे विभिन्न शाखाहरूबाट कर्जा लिई समयमै नियमित वा चुक्ता नभई भाखा नाघेका कर्जा ग्राहक, धिताे मञ्जुरी दिने तथा जमानतहरूले काेभिड-१९ काे कारण बन्दाबन्दीकाे समय भन्दा अगावै कर्जा नियमित वा चुक्ता नगरेका सम्पूर्ण ग्राहक, धिताे मञ्जुरी दिने तथा जमानतदाताहरूले आफूले काराेबार गरेकाे सम्बन्धित शाखा कार्यालयमा सम्पर्क राखि कर्जा नियमित चुक्ता गराउन सम्बन्धीत सबैलाई बैंकले आग्रह गरेको हाे ।

कर्जा नतिरेमा बैंकले आफ्नो अनुकूल  समयमा लिन बाँकी कर्जा रकम असुलीको लागि बैंक नियमानुसार ग्राहक , धिताे मञ्जुरी दिने तथा जमानतदाताको फोटोसहित ३ पुस्ते नाम नामेसीको सूचना प्रकाशन, कालोसूचीमा नाम समावेश गर्ने, राहदानी रोक्का राख्ने, धितो लिलामी गर्ने लगायत सम्पूर्ण असुली कारबाही अगाडी बढाइने जनाएको छ 

बैंकले जारी गरेको सूचना हेर्नुहोस् :

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको