Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा नेपाल शो सुरु [ फोटोफिचर]

बुधबार, ३० चैत्र २०७३, १२ : १५ मा प्रकाशित

अमेरिकामा नेपाल शो सुरु [ फोटोफिचर]

दिनिता लामिछाने
काठमाडौं—अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा ३ हप्ते नेपालशो २०१७ शुरु  भएको छ । प्रदशनीमा नेपालका २ बर्ष अधिगएको भुकम्पप्रभावितकलाकारहरुले तयार गरेकाचित्रकला, हस्तकला र फोटोहरु प्रदशनीमा रहने छन । 

आज एक समारोह बिच रोटरी फाउन्डेसनका प्रमुख पावल लुकास फोर्ट वर्थ कला काउन्सील प्रमुख केरीनविले स्टोरी साइकल अमेरीकाका निर्देशक राम सि पोखरेल फोर्ट वर्थ कला केन्द्रका निर्देशक मार्ला वन र स्टोरी साइकलका सस्थापक सौरभ ढकालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।  

स्टोरी साइकल अमेरीका, फोर्ट वर्थ कला केन्द्र र क्राफ्टेड इन काठमाडौंको आयोजनामा अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा ३ हप्ते नेपाल शो २०१७ आयोजना गरेका हुन् । नेपाल सो अप्रिल २६ सम्म चल्ने छ । आइतबार बाहेक हरेक दिन विहान ९ बजे देखि साझ ५ बजेसम्म प्रदर्शनी खुला रहने छ । 

रोटरी फाउन्डेसनका प्रमुख पावल लुकासले पूराना सिप र कलात्मक क्षमताको संरक्षण गर्न अति आवश्यक रहेको भन्दै नेपालको पूननिर्माणमा कलाकारहरुको महत्वपूर्ण योगदान रहने बताए । 

यसै गरि फोर्ट वर्थ कला काउन्सील प्रमुख केरी नविलेले नेपाली कलाकारहरुको काम देखेर आफु निकै उत्साहित भएको बताउदै कलाबाट कथा भन्ने तरिका सवैले सजिलै बुझ्न सक्ने तरिका हो । यो प्रदर्शनबाट नेपालको कथा पनि धेरैले बुझ्ने मौका पाउने बताइन् । 

कार्यक्रमका संयोजक सौरभ ढकालले स्टोरी साइकलले कलाका माध्यमबाट कसरी कथा भन्न सकिन्छ भन्ने प्रयोग गर्दै आएको बताउदै  चित्रकला, हस्तकला, फोटो र भिडीयोलगायतका फरक फरक बिधालाइ एकै ठाउमा प्रस्तुत गर्न शो आयोजना गरिएको बताए । उनले यस्तो प्रर्दशनीले कलाकारलाइ अन्तरराष्ट्रिय रुपमा चिनाउनुका साथै नेपालको केहि हदसम्म सकारात्मक र प्रभावकारी प्रचार हुने बताए । 

प्रदशनीमा स्टोरी साइकलले सगरमाथा क्षेत्रमा संचालन गरेका कथा शिवीर र गत केहि महिना अगाडी सिन्धुलीको दुम्जामा संचालित कला शिवीरमा तयार भएका चित्रकला प्रदशनीमा राखिएको  छ । मुख्य चित्रकला सुरेम देशार, अनिल महर्जन र आरके थापाका रहने छन । साथै तासि लामा र जुनी लामाका थान्का पनि प्रदर्शनमा रहका छन । 

हस्तकलामा क्राफ्टेड इन काठमाडौले काठमाडौका २५ भन्दा बढी कलाकारहरुको संकलन गरेको बिबिध कलामध्ये केहि प्रदर्शन गरिएको  छ । 
स्टोरी साइकलले बिभिन्न ठाउमा गरेको कथा शिवीरमा जम्मा गरेका फोटोहरु प्रदर्शनमा रहने छन । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको