Like us!
Follow us!
Connect us!
Watch us!

जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश !

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, १८ : ५७ मा प्रकाशित

जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश !

अर्थ संसार, काठमाडौं - सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न रोक लगाएको छ ।

सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । तर भदौ १८ गते फेरि मन्त्रीस्तरको निर्णयले २०७४ साउन २६ गतेको उक्त निर्णय बदर गर्दै कित्ताकाट फकुवा गरेको थियो ।
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको