Like us!
Follow us!
Connect us!
Watch us!

भैरहवा, पोखरा र निजगढ विमानस्थल किन बनेन : विकास समितिको सरकारलाई कडा निर्देशन

बुधबार, ३० चैत्र २०७३, १५ : ५० मा प्रकाशित

भैरहवा, पोखरा र निजगढ विमानस्थल किन बनेन :  विकास समितिको सरकारलाई कडा निर्देशन

अर्थ संसार 
काठमाडौँ– संसद्को विकास समितिले तत्काल भैरहवा, पोखरा र निजगढ विमान्सथलको निर्माण प्रक्रियालाई तोर्किक निष्कर्षमा पुर्याउन सरकारलाई कडा निर्देशन दिएको छ । निर्देशन मात्रै दिने समितिको रुपमा परिचित विकास समितिले आज अर्को सरकारको नाममा निर्देशन दिएको छ ।

समितिले विमानस्थल निर्माण प्रगति÷विद्यमान अवस्था तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको सम्बन्धमा भएको कार्यप्रगति लगायत उल्लेखित बिमानस्थलह?को निर्माण तथा स्तरोन्नतिका सम्बन्धमा देखिएका समस्या, चुनौतीहरु र समाधानका लागि गरिएका प्रयासहरुका सम्बन्धमा छलफल गरेको थियो । 

समितिको बैठकमा स्कृति पर्यटन तथा नागरिक उड्डयन  मन्त्री, राष्ट्रिय योजना आयोगका माननीय सदस्य, सम्बन्धित मन्त्रालयका सचिव,नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र आयोजना प्रमुखहरु तथा सम्बद्ध पदाधिकारीहरुसँग छलफल गरेको थियो ।

सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेबारी सम्हाल्न’ भएकोमा माननीय मन्त्री दिल नाथ गिरीलाई बैठकले बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गरेको थियो ।

आर्थिक, सामाजिक, पर्यटकीयका साथै मुख्य रुपमा हवाइ आवागमन सञ्जाल एवं ट्रान्जिट हवको रुपमा महत्वपूर्ण सहयोग पर्याउन सक्ने निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरुको दीर्घकालिन विकासको लागि अत्याधिक महत्व भएकै कारण राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका छन् ।

 यद्यपी जुन प्राथमिकताका साथ तीब्र गतिमा कार्यसम्पादन हुनुपर्ने हो सो भएको पाइएन भने समग्रमा विकास निर्माणमा गरिनु पर्ने पूँजीगत खर्चको अवस्था समेत सन्तोषप्रद रहेको देखिंदैन भन्दै समितिले तत्काल पूँजीगत खर्च बढाउन समेत सरकारलाई निर्देशन दिएको छ ।

निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माणकार्यलाई उच्च प्राथमिकतामा राखि विद्यमान समस्याहरुलाई एकद्वार प्रणाली मार्फत समाधान गर्न र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण कार्य निर्धारित समयभित्रै सम्पन्न गर्न गराउन समिति नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नागरिक उड्डयन प्राधिकरण र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरुका  आयोजना प्रमुखहरुलाई निर्देशन दिएको छ ।

 निजगढ (दोस्रो) अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अझैसम्म पनि कतिपय आधारभूत प्राविधिक पक्षहरुमा स्पष्टताको अभाव रहेको देखिन्छ भने निर्माणको मोडालिटिको सम्बन्धमा समेत अस्पष्टता नै रहेको पाइन्छ । तत्काल निर्माणको मोडालिटी तयार पारी हवाइ सँगको सम्झौतालाई पुनरावलोकन गरी तत्काल निष्कर्षमा पुग्न, निर्देशन दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय सेवा सुविधा सम्पन्न बनाउन समेत समितिले निर्देशन दिएको छ ।  त्यसैगरी भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सन्दर्भमा मूल निर्माण व्यवसायी र स्थानीय निर्माण व्यवसायीबिच देखिएको असमझदारी तत्काल समाधान गर्न, आवश्यकता अनुसार मध्यस्थताको भूमिका निर्वाह गर्न र आगामी दिनमा मूल निर्माण व्यवसायी र स्थानीय निर्माण व्यवसायी विच हुने सम्झौता÷समझदारीलाई पारदर्शी, आधिकारिक र कानुन सम्मत बनाउन समिति नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धमा चीनको ठेकेदार कम्पनीसँगकोसहकार्यलाई छिटो निष्कर्षमा पुर्याउन, देखिएका समस्या शीघ्रातिशीघ्र समाधान गरी निर्माण कार्यलाई तत्काल आगडि बढाउन समिति नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको