Like us!
Follow us!
Connect us!
Watch us!

सिजीको दशैं तिहार अफर, यस्ता छन् हात खाली नजाने उपहार !

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, १८ : ५७ मा प्रकाशित

सिजीको दशैं तिहार अफर, यस्ता छन् हात खाली नजाने उपहार !

अर्थ संसार, काठमाडौं - सि.जी.ले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गरि “कुशल स्वास्थ्य असल पर्व” अन्तर्गत विभिन्न अफरहरु ल्याएको छ । 

यस योजनाअन्तर्गत सि.जी.ले आफ्नो ग्राहकहरुलाई आफ्नो कम्पनीको कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३०% सम्मको छुट र हात खाली नजाने पक्का उपहारहरु ल्याएको हो । 

सि.जी.को कुनैपनि एल.ई.डी. टि.भी.को खरिदमा ३०% सम्मको महा नगद छुट र ४३ इन्च र सो देखि माथिका टि.भी.हरुमा निशुल्क जडानको सुविधा रहेको छ । त्यस्तै साइड बाई साइड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्चर र आकर्षक नगद छुट रहेको छ । डाबल डोर रेफ्रिजेरेटरमा भने सि.जी.को ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट रहेको छ । सिङगल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको छ । 

यसपाली टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सि.जी.कै स्टिम आइरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त गर्नु हुनेछ । 
सि.जी.को यो योजना यहि (आज) भदौ २९ गते सोमबार २०७७ साल देखि नेपाल अधिराज्यभरि सिमित अवधिकालागि मात्र लागू गरिएको छ   ।

सि.जी.ले आफ्नो सम्पूर्ण ग्राहकहरुमा कुशल स्वास्थ्यको कामना गर्दै सि.जी.को घरायसी सामाग्रीको खरिदमा आकर्षक छुट र उपहारहरु दिँदै यो दशै असल पर्वको रुपमा मनाउन आग्रह गरेको छ। 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको