Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि बढ्यो सुनको मूल्य !

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, १० : ५० मा प्रकाशित

आज पनि बढ्यो सुनको मूल्य !

अर्थ संसार, काठमाडौं- आज (मंगलबार) पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

सोमबार प्रतितोला ९६ हजार ९ कारोबार भएको छापावाला सुन आज तोलामा ६ सयले बढेर ९७ हजार ५ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार निर्धारण गरिएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला २० रुपैयाँले बढेर आज प्रतितोला एक हजार ३ सय ४० रूपैयाँ कायम भएको महासंघले जनाएको छ । 

आइतबार प्रतितोला  ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार तोलामा ४ सयले बढेर ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको