Like us!
Follow us!
Connect us!
Watch us!

गाडीमा देवनागरी लिपिका लागि प्रक्रिया सुरु

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, १० : ५३ मा प्रकाशित

गाडीमा देवनागरी लिपिका लागि प्रक्रिया सुरु

अर्थ संसार, काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गाडीमा देवनागरी लिपि कायम रहने आवश्यक प्रक्रिया सुरु भएको जनाएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट आज ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्यसबारे निर्देशन प्राप्त भइसकेको र आफूले समेत यातायात व्यवस्था विभागका महानिर्देशकलाई कानुनी प्रक्रिया पूरा गरी ऐनमा संशोधन गर्नुपर्ने भए यस प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइसकेको बताए ।

नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि गाडीमा रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नं प्लेट राख्न सुरु गरिएकामा प्रज्ञा-प्रतिष्ठानकातर्फबाट यसअघि कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीलाई भेटी गाडीमा देवनागरी लिपि नै रहनुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए ।

मन्त्री नेम्वाङ्लाई आज प्रतिष्ठानकातर्फबाट सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेलले भेटी कार्यान्वयनका लागि ध्यानाकर्षणपत्र बुझाएका हुन् । 
यस अवसरमा ध्यानाकर्षण गराउनु हुँदै सदस्य सचिव उपाध्याय र प्राज्ञ पौडेलले नेपालको संविधानमा देवनागरी लिपिको नेपाली भाषा सरकारी कामकाजको भाषा हुने स्पष्ट उल्लेख हुँदाहुँदै सोको बर्खिलाप हुने गरी विगतमा रोमन लिपिको अङ्ग्रेजी भाषामा नं प्लेट राख्ने निर्णय हुनु उचित नभएको व्यहोरा जानकारी गराएका थिए ।

सबै नेपालीहरूको साझा सम्पर्क भाषाका रुपमा रहेको नेपाली भाषा र देवनागरी लिपिको संरक्षण र संवद्र्धनका निम्ति आफू सदैव तत्पर रहेको कुरा समेत मन्त्री नेम्वाङले बताए । उनले वर्तमान सरकार नेपालको पहिचानका रूपमा रहेका भाषा, संस्कृति र साहित्यको संरक्षणका सवालमा अत्यन्त गम्भीर रहेको समेत उल्लेख गरे । रासस 
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको