Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स म्युचुअल फण्ड १ र २ काे लाभांश घाेषणा

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, १२ : ०९ मा प्रकाशित

सिटिजन्स म्युचुअल फण्ड १ र २ काे लाभांश घाेषणा

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दुई म्युचुअल फन्डको प्रतिफल घोषणा गरिएको छ।

सीबीआईएल क्यापिटलको हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सिटिजन्स म्युचुअल फन्ड-१ र सिटिजन्स म्युचुअल फन्ड-२ को प्रतिफल घोषणा गरेको हो। 

बैठकले सिटिजन्स म्युचुअल फण्ड – १ का इकाईधनीहरूलाई कर सहित १५ प्रतिशतका दरले हुन आउने १२ कराेड ३० लाख रूपैयाँ बराबरकाे नगद लाभांश र सिटिजन्स म्युचुअल फण्ड –२ का इकाईधनीहरूलाई करसहित १० प्रतिशतका दरले हुन आउने ५ कराेड ६० लाख रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने घाेषणा गरिएकाे हाे । 

यी दुवै मुचुअल फन्डको प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोज गर्ने मिति भने पछि तोकिनेछ । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको