Like us!
Follow us!
Connect us!
Watch us!

आज देशभर थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, १६ : १९ मा प्रकाशित

आज देशभर थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज योसँगै कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वाथ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३७५  जनाको पिसिआर परिक्षण गरिएकोमा १ हजार ४५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६४० जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ७ हजार २५० जना छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ४० हजार ६३८  पुगेको छ । 

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको