Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या गाउँपालिकाले आमाबुबा विहिन बालबालिकालाई सहयोग गर्ने

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, १७ : ५८ मा प्रकाशित

पञ्चकन्या गाउँपालिकाले आमाबुबा विहिन बालबालिकालाई सहयोग गर्ने

अर्थ संसार, नुवाकोट - पञ्चकन्या गाउँपालिका नुवाकोटले आमाबुबा बिहिन बालबालिकालाई सहयोग मासिक भत्ता उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले आमाबुबा दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको सुनिश्चितता गरी सामाजिक संरक्षण प्रदान गर्ने उद्देश्यले यस्ता बालबालिकालाई कानून बमोजिम मासिक भत्ता उपलब्ध गराउने भएको हो ।

आमाबुबा दुवै गुमाएका १८ वर्ष पुरा नगरेका बालबालिकाहरुलाई सो भत्ता उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै भत्ता प्राप्त गर्न योग्य बालबालिका वा निजको संरक्षक वा स्याहारसुसार गर्ने व्यक्तिले सम्बन्धित वडा कार्यालयमा सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्न अनुरोध गरेको छ ।

गाउँपालिकाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको