Like us!
Follow us!
Connect us!
Watch us!

लामो दुरीको यातायात असोज १ गतेदेखि खुल्ने, यस्ता छन् पालना गर्नैपर्ने नियम !

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, १८ : ३३ मा प्रकाशित

लामो दुरीको यातायात असोज १ गतेदेखि खुल्ने, यस्ता छन् पालना गर्नैपर्ने नियम !

अर्थ संसार, काठमाडौं - सरकारले लामो दुरीको यातायात असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १ गतेदेखि लामो दूरीका यातायात र आन्तरिक उडान खुल्ला गर्ने निर्णय भएको जानकारी दिए । 

यातायातका साधन र आन्तरिक उडान भर्ने हवाईजहाजहरुले सिट क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाउनेछन् भने सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ । यसैगरी  चालक दलका सदस्यहरुले अनिवार्य रुपमा मास्क, भाइजर, पञ्जा लगाउनुपर्नेछ ।

गाडी तथा प्लेनमा अनिवार्य स्यानिटाइजरको व्यवस्था गरिनुपर्ने, बेला बेला गाडी तथा जहाज डिसइन्फेक्सन गर्नुपर्ने लगायतका मापदण्ड समेत तोकिएको छ ।  लामो दूरीका यातायातका साधन र जहाजले  साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको