Like us!
Follow us!
Connect us!
Watch us!

तनहुँमा ‘फुड बैंक’ स्थापना

अर्थसंसार

बुधबार, ३१ भदौ २०७७, १२ : २० मा प्रकाशित

तनहुँमा ‘फुड बैंक’ स्थापना

अर्थ संसार, तनहुँ - कोरोना संक्रमण महामारीको मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी डुम्रेमा ‘फुड बैंक’ स्थापना गरिएको छ । डुम्रेस्थित युनिटी ग्रुपमा आबद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी खाद्यान्न सङ्कलन गरिरहेका छन् ।

‘हुनेले दिने र नहुनेले लैजाने’ भन्ने मूल नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैंक’ बाट एक व्यक्तिलाई एक पटकमा साढे चार किलो चामल, एक पोका नुन र एक पोका सोयाबिनलगायत सामग्री वितरण गरिरहेको ग्रुपका संयोजक विक्रम गुरुङले बताए ।

उनले कोरोना संक्रमण महामारीका मारमा परेका विपन्न, अपाङ्गता भएका, वृद्धवृद्धा र रोजगारी गुमाएका परिवारलाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न पुर्याउन ‘फुड बैंक’ स्थापना गरिएको बताए । संयोजक गुरुङले भने, “स्वदेश तथा विदेशमा रहनुभएका शुभचिन्तक दाताहरुबाट सहयोग जुटाउने कार्य थालेका छौँ ।”

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मङ्गलबार उक्त बैंकको उद्घाटन गर्दै युवाको समूहले राम्रो कामको शुरुआत गरेको र यसमा गाउँपालिकाले पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो गाउँपालिका वडा नं १ का वडाध्यक्ष भानुभक्त पोखरेलले यस्तो सकारात्मक कार्यमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । रासस

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको