Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा अहिलेसम्म ५८,३३७ जना कोरोना संक्रमित, बुधबार कति थपिए ?

अर्थसंसार

बुधबार, ३१ भदौ २०७७, १६ : २४ मा प्रकाशित

नेपालमा अहिलेसम्म ५८,३३७ जना कोरोना संक्रमित, बुधबार कति थपिए  ?

अर्थ संसार, काठमाडौं– बुधबार देशभर थप १ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्मकै धेरै हो । आज योसँगै कुल संक्रमितको संख्या ५८ हजार ३३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वाथ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाको पिसिआर परिक्षण गरिएकोमा १ हजार ५४९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ७ हजार ८२० जना छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ६८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ४१ हजार ७०० पुगेको छ । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको