Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुग्यो, आज कति थपिए ?

अर्थसंसार

बुधबार, ३१ भदौ २०७७, १६ : ३७ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुग्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । जसमध्ये ४ जना महिला र ४ जना पुरुष छन् ।  योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । 

मृतक महिलाहरुमा काठमाडौंक २ जना, बारा र काभ्रेपलाञ्चोकका एक/एक जना छन् । यस्तै सप्तरी, सुनसरी, कास्की र काभ्रेपलाञ्चोकका एक/एक जना पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा देशभर १ हजार ५४९ जना संक्रमित थपिँदा १ हजार ६८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

हालसम्म देशभर ५८ हजार ३३७ जनामा कोरोना संक्रमण हुँदा ७१.५ प्रतिशत अर्थात्४१ हजार ७०० जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ७ हजार ८२० जना छन् । 
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको