Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि युनाईटेड मोदीको आईपिओ बाँडफाँट, तपाईलाई कति पर्यो ?

विहीबार, ३१ चैत्र २०७३, ११ : २२ मा प्रकाशित

आजदेखि युनाईटेड मोदीको आईपिओ बाँडफाँट, तपाईलाई कति पर्यो ?

अर्थ संसार 
काठमाडौं– (आज) बिहीबार युनाईटेड मोदी हाइड्रो पावरले साधारण शेयर बाँडफाँट गरेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलका अनुसार ५० कित्ता ९५ हजार रुपैयाँ० देखि ३३० कित्ता ९३३ हजार रुपैयाँ० सम्म आवेदन दिने लगानीकर्तालाई गोला प्रथाद्धारा शेयर वितरण गरिएको छ ।

त्यस्तै सोभन्दा माथि अर्थात ३४० कित्ता ९३४ हजार रुपैयाँ ( देखि ५०० कित्ता ९५० हजार रुपैयाँ) सम्म आवेदन दिने लगानीकर्ताले २ दशमलव ८० प्रतिशतका दरले शेयर पाएका छन्, भने ५०० कित्ता ९५० हजार रुपैयाँ० भन्दा बढीको आवेदन दिने लगानीकर्ताले २ दशमलव २४ प्रतिशतका दरले शेयर पाएका छन् ।

यसअघि ३४ लाख ५ सय कित्ता शेयर कर्मचारीहरुको लागि र ८६ हजार २५० कित्ता शेयर सामूहिक लगानीकोषहरुलाई बाँडफाँट गरिसकेको छ । त्यस्तै आयोजना प्रभावित स्थानीय बासिन्दालाई ११ लाख ५० हजार कित्ता शेयर जारी गरी बाँडफाँट समेत गरिसकेको छ ।

गत फागुन १९ देखि १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता शेयर निष्काशन गरेकोमा १७ हजार जनाले उक्त कम्पनीको शेयर प्राप्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको