Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार देशभर थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थसंसार

विहीबार, ०१ असोज २०७७, १६ : २७ मा प्रकाशित

बिहिबार देशभर थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौं– बिहिबार देशभर थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज योसँगै कुल संक्रमितको संख्या ५९ हजार ५८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वाथ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको पिसिआर परिक्षण गरिएकोमा १ हजार २४६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९०३ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ३३८ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ७ हजार ८८३ जना छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ४१ हजार ९४९ पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको