Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुग्यो !

अर्थसंसार

विहीबार, ०१ असोज २०७७, १६ : ३९ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुग्यो !

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । जसमध्ये ३ जना महिला र १ जना पुरुष छन् ।  योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ । 

मृतक महिलाहरुमा मोरङ, चितवन र कैलालीका एक/एक जना छन् । यस्तै काठमाडौंका एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा देशभर १ हजार २४६ जना संक्रमित थपिँदा १ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
हालसम्म देशभर  ५९ हजार ५८३ जनामा कोरोना संक्रमण हुँदा ७२.०९ प्रतिशत अर्थात् ४१ हजार ९४९ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९०३ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ३३८ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ७ हजार ८८३ जना छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको