Like us!
Follow us!
Connect us!
Watch us!

तत्कालै मँहगो प्याज नकिन्नुस् : वाणिज्य विभाग

अर्थसंसार

विहीबार, ०१ असोज २०७७, १७ : ५२ मा प्रकाशित

तत्कालै मँहगो प्याज नकिन्नुस् : वाणिज्य विभाग

अर्थ संसार, काठमाडौं - वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन महँगो मूल्यमा प्याज नकिन्न आग्रह गरेको छ ।

विभागले बजारमा प्याजको कृत्रिम अभाव सिर्जना व्यापारीहरुले कालोबजारी गरिरहेकोले तत्कालै महँगो मूल्य तिरेर प्याज खरिद नगर्न उपभोक्तालाई आग्रह गरेको हो । 

सो विषयलाई लिएर विभागले कारबाही तीव्र्र बनाएको जनाएको छ । प्याजको मूल्यमा आफू ठगिएमा तुरुन्त खबर गर्न पनि विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको छ । भदौ महिनाको तेस्रो सातासम्म बजारमा प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा प्याज बिक्री भइरहेको प्याज भदौ चौथो साता आइपुग्दा बढेर सय रुपैयाँ पुग्यो । असोज १ गते कालीमाटी फलफूल तथा तरकारी बजारले नै प्याजको थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ तोकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको