Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले ल्यायो चाडपर्व योजना, यस्ता छन् ग्राहकलाई सुविधा

अर्थसंसार

विहीबार, ०१ असोज २०७७, १८ : ०७ मा प्रकाशित

नबिल बैंकले ल्यायो चाडपर्व योजना, यस्ता छन् ग्राहकलाई सुविधा

अर्थ संसार, काठमाडौं – नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना सुरू गरेको छ ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याजदर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कमगर्न मद्दत पुर्याउने छ भन्ने बैंकले आशा गरेको छ ।

यस योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरूलाई वार्षिक ९% ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी १ वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५% ब्याजदर प्रदान गर्दैछ । २ वर्षभन्दा माथि र ५ वर्षसम्मका व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५% ब्याजदर र ५ वर्षभन्दा माथिका व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५०% ब्याजदर प्रदान गरिनेछ । 

साथै, कर्जा अन्तर्गत निम्न बमोजिमको ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय गरेको छ ।
 घर कर्जामा : ७.४९ %
धितो कर्जामारव्यक्तिगत ओभरड्राफ्टमा : ७.९९ %
साना तथा मझौला कर्जामा : एक करोड रूपैयाँसम्मको कर्जामा : ७.४९ %
                                     : एक करोड रूपैयाँ भन्दा माथिको कर्जामा : ७.९९ %

त्यसैगरी, यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरूमा एक वर्षसम्म ब्याजदर परिवर्तन नगरिने पनि बैंकले जनाएकाे छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दै आएको यस  बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको