Like us!
Follow us!
Connect us!
Watch us!

यी २ लघुवित्तले असोज ६ गतेदेखि एकीकृत कारोबार गर्ने

अर्थसंसार

शुक्रबार, ०२ असोज २०७७, ११ : ११ मा प्रकाशित

यी २ लघुवित्तले असोज ६ गतेदेखि एकीकृत कारोबार गर्ने

अर्थ संसार, काठमाडौं - सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सुरु गर्ने भएका छन् । 

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भाद्र ७ गते अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । 

यी दुई वितीय संस्थाबीच गाभ्ने/गाभिने सम्बन्धमा २०७७ साल असार २८ गते भएको अन्तिम सम्झौता तथा दुवै संस्थाको असार २१ गते छुट्टाछुट्टै सम्पन्न विशेष साधारणसभाबाट पारित विशेष प्रस्ताव बमोजिम यी दुवै संस्थाले "समिट लघुवित्त वित्तीय संस्था लिमिटेड"को नामबाट एकीकृत कारोबार गर्नेछन् ।

यी दुवै संस्थाले समिट लघुवित्त वित्तीय संस्था लिमिटेड को नामबाट असोज ६ गतेदेखि एकीकृत कारोबार सुरु गर्नेछन् ।

संस्थाले जारी गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको