Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकले बोलायो विशेष साधारण सभा

अर्थसंसार

शुक्रबार, ०२ असोज २०७७, ११ : ४२ मा प्रकाशित

नेपाल बैंकले बोलायो विशेष साधारण सभा

अर्थ संसार, काठमाडौँ - नेपाल बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । बैंककाे भदौ २५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असोज १९ गते साेमबार बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा हुने भएको छ ।

बैकका अनुसार सभा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेस (भर्चुअल जुम मिटिङ)को माध्यमबाट सञ्चालन हुनेछ ।

विशेष साधारण सभामा बैंकले नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने सञ्चालकको संख्या ४ बाट घटाएर ३ बनाउने प्रस्ताव पारित गर्नेछ । बैंकको प्रबन्धपत्र र नियमावलीलाई समयानुकूल अद्यावधिक गर्नुपर्ने भएकाले प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशाेधन/थपघट गर्ने एजेन्डा पनि रहेकाे छ ।

त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त असाेज ८ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले असाेज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

भिडियो कन्फ्रेसमार्फत आफ्नो मन्तव्य राख्न चाहने शेयरधनीहरुले भने सभा हुनुभन्दा ४८ घण्टा अगावै आफ्नो नाम र इमेल ठेगाना टिपाउनु पर्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको