Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार एकैदिन २ हजारभन्दा बढी संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थसंसार

शुक्रबार, ०२ असोज २०७७, १५ : १९ मा प्रकाशित

शुक्रबार एकैदिन २ हजारभन्दा बढी संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन भेटिएका संक्रमितमध्ये यो हालसम्म कै धेरै हो ।

योसँगै कुल संक्रमितको संख्या ६१ हजार ६०३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वाथ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४५८ जनाको पिसिआर परिक्षण गरिएकोमा २ हजार २० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९२ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८८ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ८ हजार ७३६ जना छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८७१ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ४३  हजार ८२० पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको