Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुग्यो, आज कति थपिए ?

अर्थसंसार

शुक्रबार, ०२ असोज २०७७, १५ : ३५ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुग्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । जसमध्ये २ जना महिला र ५ जना पुरुष छन् ।  योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ । 

मृतक महिलाहरुमा काठमाडौं र ललितपुरका  एक/एक जना छन् । यस्तै पुरुषहरुमा मोरङका २ जना, काठमाडौं, भक्तपुर र नवलपरासीका एक/एक जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि पछिल्लो घण्टामा २४ काठमाडौं उपत्यकामा ८५९ जना सहित  देशभर २ हजार २० जना संक्रमित थपिँदा ८७१ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म देशभर ६१ हजार ६०३ जनामा कोरोना संक्रमण हुँदा ७१.१ प्रतिशत अर्थात् ४३ हजार ८२० जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९२ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८८ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ८ हजार ७३६ जना छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको