Like us!
Follow us!
Connect us!
Watch us!

पछिल्लो २४ घण्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति थपिए ?

अर्थसंसार

शनिबार, ०३ असोज २०७७, १८ : ४६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति थपिए ?

अर्थ संसार, काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वाथ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३३३ जनाको पिसिआर परिक्षण गरिएकोमा १ हजार २ सय ४  जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १५३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ९७६ जना रहेका छन्  ।

यस्तै क्वारेन्टाइनमा ८ हजार ७३६ जना छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४७ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ४५  हजार २६७ पुगेको छ । 

यसबीच पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाकाे मृत्यु भएको छ । जसमध्ये, ७ जना महिला र ४ जना पुरूष हुन् । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय १ जना पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको