Like us!
Follow us!
Connect us!
Watch us!

दाहालले सीलाई कुराएपछि चिनियाँ पक्षद्धारा अपमानित महसुस

आइतबार, ३० असोज २०७३, १० : ३२ मा प्रकाशित

दाहालले सीलाई कुराएपछि चिनियाँ पक्षद्धारा अपमानित महसुस


अर्थ संसार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई झण्डै पाँच मिनेट कुराएपछि चिनियाँ पक्षले आफूहरु अपमानित भएको महसुस गरेका छन् ।

चिनियाँ पक्षले बाहिर कुनै प्रतिक्रिया नदिए पनि आन्तरिक रुपमा यसलाई अपमानित ठानेको छन् । दाहाल नआएपछि सि एकछिन अलमलमा परे ।

कता जाउँ कता जाउँ भए सहभागि एक सदस्यले बताए । प्रधानमन्त्री दाहाल समयमा नआएपछि सिको टोलीले फर्कने सुझाव दिइसकेको अवस्थामा प्रधानमन्त्री दाहाल आइपुगेपछि हात मिलाएर भित्र कुराकानी भएको थियो । 

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी  भेटघाट साँझ ६ बजेर १० मिनेटका लागि तय भएको थियो । तोकिएकै समयमा चिनियाँ राष्ट्रपति सी आएपनि प्रधानमन्त्री दाहाल करिव ५ मिनेट ढिला पुगेका थिए ।

दुईपक्षिय भेटघाटको लागि तय गरिएको होटलमा कोठा अगाडि दुवै देशको झण्डा पृष्ठभुमिमा राखेर हात मिलाउने र फोटो खिचाउने कार्यक्रम थियो । तर चिनियाँ राष्ट्रपति आएको पाँच मिनेटसम्म झण्डाको पृष्ठभूमिका आए तर दाहाल आइपुगेनन् ।

। परराष्ट्र अधिकारीहरुको हेलचेक्र्याईं र ‘नेपाली टाइम’ पाराले यस्तो अवस्था  आएको एक सहभागि कर्मचारीहले बताए ।  कर्मचारीहरुले भने आफूहरुको दोष नभएको र प्रधानमन्त्री आफ्नै कारणले केही ढिलाई भएको अनौपचारिकरुपमा बताएका छन् ।
 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको