अर्थ संसार, काठमाडौँ - ग्लाेबल आइएमई बैंक लिमिटेडले बैंकमा रजिस्टर गरेको माेबाइल नम्बर एक वर्षयता प्रयोगबिहिन भएका ग्राहकहरुलाई तत्काल बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अद्यावधिक गराउन अनुरोध गरेको छ l 
बैंकले एक सूचना प्रकाशन गर्दै यदि बैंक रजिस्टर गरेको नम्बर एक वर्षदेखि प्रयोग गरिएको छैन भने आफुलाई पायक पर्ने शाखामा उपस्थित भई तुरुन्त आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न आग्रह गरेको हो l
दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयाेगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयाेगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएकाे जानकारी गराउंदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेकाे हाे l 
बैंकद्वारा जारी सूचना हेर्नुहोस्:-
 
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस