Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको २४१ औं शाखा सुर्खेतको विरेन्द्रनगरमा

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, १४ : ०९ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको २४१ औं शाखा सुर्खेतको विरेन्द्रनगरमा

अर्थ संसार, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं.–६ स्थित बैंकको २४१ औं शाखा कार्यालय विरेन्द्रनगर सञ्चालनमा ल्याएको हो । 

बैंकको शाखा कार्यालयको आज (आईतबार)कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले समुदघाट्न गरेका हुन् । 

बैंकको उद्घाटन गर्दै ज्वालाले राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने बताए । 

उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको