Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार नाघ्यो, आज कति थपिए ? हेर्नुहोस्

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, १६ : २८ मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार नाघ्यो, आज कति थपिए ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वाथ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको पिसिआर परिक्षण गरिएकोमा १ हजार ३२५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ७१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ७०७ जना रहेका छन्  ।
यस्तै क्वारेन्टाइनमा ७ हजार ४५१ जना छन् ।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९६६ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ४६ हजार २३३ पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको