Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतक कहाँ कहाँका ?

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, १६ : ४६ मा प्रकाशित

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतक कहाँ कहाँका ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । जसमध्ये ६ जना महिला र ४ जना पुरुष छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ । 
मृतक महिलाहरुमा काठमाडौंका ३ जना रहेका छन् भने ललितपुर भक्तपुर र पाल्पाका एक/एक जना छन् । यस्तै मृतक पुरुषहरुमा धनुषा, काठमाडौं, चितवन र रुपन्देहीका एक/एक जना  रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि पछिल्लो घण्टामा २४ काठमाडौं उपत्यकामा ८५९ जना सहित  देशभर  १ हजार ३२५ जना संक्रमित थपिँदा ९६६ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म देशभर  ६४ हजार १२२ जनामा कोरोना संक्रमण हुँदा ७२.१० प्रतिशत अर्थात् ४६ हजार २३३ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ७१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ७०७ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ७ हजार ४५१ जना छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको