Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशिया बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गरिने

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, १७ : २७ मा प्रकाशित

एन आई सी एशिया बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गरिने

अर्थ संसार, काठमाडौं - एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल 'प्रवल जनसेवा श्री चतुर्थ'बाट विभूषित हुने भएका छन् । 

विशाल ग्रुपका समेत उपाध्यक्ष रहेका उद्योगी तथा व्यवसायी अग्रवाललाई संविधान दिवस-२०७७ को अवसरमा राष्ट्रपतिबाट विभूषित गर्ने निर्णय गरिएको हो । 

अग्रवाललाई निजी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विभूषित गर्ने निर्णय भएको बताइएको छ । 

अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याएका छन् । 

बैंकको अध्यक्षका साथै हाल विशाल ग्रुपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा उनी क्रियाशील रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको