Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन लद्युवित्तले एफपिओ निष्काशन गर्ने, बोलायो बिशेष साधारणसभा

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, ०९ : ०७ मा प्रकाशित

एनआरएन लद्युवित्तले एफपिओ निष्काशन गर्ने, बोलायो  बिशेष साधारणसभा

अर्थ संसार, काठमाडौं - एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । 

संस्थाको असोज ४ गते आइतबार बसेको संचालक समितिको बैठकको निर्णयानुसार कोरोनाका कारण स्थगित संस्थाको विशेष साधारणसभा असोज १८ गते आइतबार धनगढी, कैलालीस्थित होटल दिनेशमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा संस्थाको नाम ठेगाना परिवर्तन सम्बन्धमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थाको नाम परिवर्तन गरी प्रवान्धपत्र र नियमावली सम्बद्ध दफाहरु संसोधन गर्ने, कर्पोरेट कार्यालय काठमाडौंमा स्थापना गर्ने सम्बन्धमा नाम परिवर्तन पश्चात संस्थाको कार्यालय बुढानिलकण्ठ नगरपालिका ९, काठमाडौंमा स्थापना गर्ने, सर्वसाधारणलाइ शेयर (FPO)जारी गर्ने लगायत विषयमा छलफल हुने जनाइएको छ ।

संस्थाले जारी गरेको सूचना हेर्नुहोस्:-

5f681e5197b8f.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको