Like us!
Follow us!
Connect us!
Watch us!

पछिल्लो २४ घण्टामा देशभर थप ११ सय ५४ संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, १६ : २१ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर थप ११ सय ५४ संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १५४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वाथ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५३३\ जनाको पिसिआर परिक्षण गरिएकोमा १ हजार १५४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ७ हजार ४०३ जना छन् ।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको