Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुग्यो, आज कति थपिए ?

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, १६ : ३८ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुग्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । जसमध्ये ३ जना महिला र १३ जना पुरुष छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । 

मृतक महिलाहरुमा मकवानपुर, ललितपुर र दोलखाका एक/एक जना छन् । यस्तै मृतक पुरुषहरुमा काठमाडौंका, भक्तपुरका र बाँकेका २/२ जना छन् भने झापा, सुनसरी, पर्सा, मकवानपुर, ललितपुर, चितवन र रुपन्देहीका एक/एक जना पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि पछिल्लो घण्टामा २४ काठमाडौं उपत्यकामा ६७४ जना सहित देशभर  १ हजार १५४ जना संक्रमित थपिएका छन् । सोहि अवधिमा १ हजार ५ संक्रमित कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । 

हालसम्म देशभर  ६५ हजार २ सय ७६ जनामा कोरोना संक्रमण हुँदा ७२.४ प्रतिशत अर्थात् ४७ हजार २३८ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ७ हजार ४०३ जना छन् ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको