अर्थ संसार, काठमाडौं - शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
संस्थाको साउन २८ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा कार्तिक १ गते शनिबार होटल एल्लो प्यागोडा, जमलमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, संचालक समिति तथा लेखा समितिको निर्वाचन, विनियम संसोधन, कोष वितरण तथा लाभांश वितरण, लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायत विविध प्रस्तावहरुमाथि छलफल हुने जनाइएको छ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस