Like us!
Follow us!
Connect us!
Watch us!

लद्युवित्त मर्ज हुने लहर ! समिट र सजिलो लद्युविको एकिकृत कारोबार सुरु

अर्थसंसार

मंगलबार, ०६ असोज २०७७, ०७ : ४० मा प्रकाशित

लद्युवित्त मर्ज हुने लहर  ! समिट र सजिलो लद्युविको एकिकृत कारोबार सुरु

अर्थ संसार, काठमाडौँ - समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलाे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असाेज ६ गते, मंगलबार) बाट एकीकृत कारोबार सुरू गरेका छन् ।

यी दुवै संस्थाले "समिट लघुवित्त वित्तीय संस्था लिमिटेड"  नामबाट एकीकृत कारोबार गर्नेछन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भाद्र ७ गते अन्तिम स्वीकृती प्रदान गरेकाे थियाे । 

दुवै कम्पनीको असार २१ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि भाद्र २८ गते स्वीकृती प्रदान गरिसकेकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् : 

5f695a17955bf.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको