Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याज रकममा १० प्रतिशत छुट

अर्थसंसार

मंगलबार, ०६ असोज २०७७, १७ : ३२ मा प्रकाशित

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याज रकममा १० प्रतिशत छुट

 अर्थ संसार, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पुर्याउने उद्देश्यले ऋणीहरुले असोज मसान्तभित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले कोरोना भाइरस (COVID 19) का कारणले उत्पन्न असहज परिस्थितिमा ग्राहकहरुलाई राहत पुर्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो ।

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/व्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ ।

बैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको