Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होम अफ होपलाई चेक हस्तान्तरण

अर्थसंसार

मंगलबार, ०६ असोज २०७७, १७ : ५९ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होम अफ होपलाई चेक हस्तान्तरण

अर्थ संसार, काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, ललितपुर  धोबिघाट स्थित मुस्कान होम अफ होपलाई दुई लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । 

बैंकले मुस्कान होम अफ होपलाई गरेको यस आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने छ ।  

बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमती कर्माचार्यलाई चेक हस्तान्त्तरण गरी सहयोग उपलब्ध गराएको हो । 

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको